संबैधानिक इजलासमा सोमबार रिट निवेदक पक्षका तीन वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दै
एमिकस क्युरीले पनि आजै राय दिने
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा जारी सुनुवाइ अन्तर्गत आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दैछन् । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्न लागेका हुन् । रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा मात्र बाँकी छ ।
आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकेका थिए । सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधान अनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए । रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका थिए ।
प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरु राखेका थिए । पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिन सुरु गरिएको छ । सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ । पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्धामा अब ४ घण्टा मात्र बहस हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #संबैधानिक इजलास
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्