Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोना माहामारीका बाबजुद भारतमा लगानी वृद्धि


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि लगानी बढिरहेको तथ्याङक सार्वजनिक भएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरीले सार्वजनिक गरेको हो ।

यो बर्ष सन् २०२१ जनवरीदेखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सही दिशामा रहेको बताईएको छ । यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ ।

गत बर्ष २०२० को पहिलो छ महिनाको चार अर्ब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै हो । कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ । स्रोतः योरस्टोरी


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्