आन्तरिक हवाइ उडान बिहिबारदेखि खुल्यो, एकैदिन ६४ विमानले उडान भर्ने
काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ । आन्तरिक उडान खुलाएसँगै दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ । आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुनेछन् ।
बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् । सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएका थिए ।
निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाइ उडान कम्पनीहरुले जनाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्