भारतीय रक्षामन्त्रीद्धारा युद्ध इतिहासको विवरण राख्नेबारे नयाँ नीति अनुमोदन

नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको युद्ध इतिहास तथा सैन्य कारबाहीहरुको रेकर्ड समयबद्ध राख्न नयाँ नीति अनुमोदन गरेका छन् । भारतीय सैन्य तथा रक्षा इतिहासको विवरणलाई समयबद्ध रेकर्ड राख्नेबारे रक्षामन्त्री सिंहले नयाँ नीति अनुमोदन गरेका हुन् । यो नीतिले भारतको सैन्य तथा रक्षा इतिहासमा तथ्य घटना, रिसर्चका लागि प्रामाणिक तथ्य सामाग्रीहरु प्रदान गर्ने र भ्रम अफवाहको प्रतिरोध गर्ने रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युद्ध तथा सैन्य कारबाहीहरुको अभिलेख, वर्गीकरण तथा संकलनको यो नीतिले रक्षा मन्त्रालयमा संयुक्त सचिवको अध्यक्षतामा समिति गठन गर्न अनुमोदन गरेको छ । उक्त समितिमा सशस्त्र बलका प्रतिनीधि, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र आवश्यक परे प्रमुख सैन्य इतिहासकारहरु रहने व्यबस्था नितिमा गरिएको छ ।
विभिन्न युद्ध तथा घटनाका बिषयमा भारतीय सेनाले असहज तथा विवादास्पद प्रश्न सामना गर्नुपरेको परिस्थितिमा रक्षा मन्त्रालयको यो कदम र नीति अत्यन्त महत्वपूर्ण मानिएको छ । सन् १९७१ मा भएको भारत पाकिस्तान युद्धमा एक भारतीय युद्धपोत डुबेको तथा सन् १९९९ को कार्गिल युद्ध जस्ता विज्ञहरुले लेखेका विवादास्पद विवरणहरुबारे सेनाले असहज प्रश्नहरु सामना गर्नुपरेको छ । यो नीतिले सन् १९६२ मा भारत चीन बीच भएको युद्धमा भारतको पराजयको कारणहरुबारे लेखिएको हेन्डरसन ब्रुक्स भगत रिपोर्टलाई वर्गीकरण गर्ने वा नगर्ने बारे भने स्पष्ट छैन । स्रोतः हिन्दुस्तान टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश
ट्याग : #भारतीय रक्षामन्त्री राजनाथ सिंह
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्