सहकर्मीलाई चुम्बन गरेपछि बेलायतमा स्वास्थ्यमन्त्री म्याटले दिए पदबाट राजीनामा
काठमाडौं । बेलायतका स्वास्थ्यमन्त्री म्याट हान्ककले पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण लागि भएको सामाजिक दूरीको नियम उल्लंघन गरेका कारण उनले मन्त्री पदबाट राजीनामा दिनु परेको हो । उनले सरकारले लागु गरेको सामाजिक दूरीको नियम उल्लंघन गरी सहकर्मीलाई चुम्बन गरेका थिए । म्याटले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।
उनले महामारीका बेला धेरै कुरा त्याग गरेका नागरिक प्रति ऋणि हुँदै आफूबाट उनीहरुलाई निरासा पार्ने काम भएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छ्न । साजिद जाविद नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्त भएको प्रधानमन्त्री जोन्सनको कार्यालयले जनाएको छ ।
द सन पत्रिकाले म्याट र उनकी सहयोगीजिना कोलाडान्गेलोले चुम्बन गर्दै गरेको तस्बिर छापेको थियो । म्याटले १५ वर्षको वैवाहिक जीवन पनि अन्त्य गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् र त्यसको कारण सोही चुम्बन रहेको उल्लेख छ । जिनाले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी छोड्ने भएकी छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #बेलायतका स्वास्थ्यमन्त्री, #म्याट हान्कक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल




तपाईको कमेन्ट लेख्नुहोस्