देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। अहिले प्रदेश १, २ र बागमती प्रदेशका जिल्लाहरूमा भारी वर्षा भइरहेको छ। त्यस्तै, प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। सो प्रदेशहरूको पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, कन्काई, कोशी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम भारी वर्षा भई बहाव बढ्ने सम्भावना रहेको छ। स साना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसैबीच झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा गएरातिदेखि भएको लगातार वर्षा सर्तकता तहसम्म पुगेको छ। चन्द्रगढी विमानस्थल वर्षामापन केन्द्रका अनुसार भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ। बाढी पूर्वानुमान महाशाखाले झापाका डुबान भइरहने र होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #भारी वर्षा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्