भारतमा लगाइयो ३० करोड बढी जनतालाई खोप

एजेन्सी । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतको संचयी कोभिड १९ खोप कभरेज ३० करोड नाघेको बताएको छ । अहिलेसम्म खोप लगाउनेको संख्या ३० करोड ९ लाख ६९ हजार ५ सय ३८ पुगेको छ । CO-WIN ले जनाएको अनुसार कोभिड १९ खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३.२६ लाख जनालाइ खोपहरू दिईएको छ ।
बुधबारको दिन १८-४४ बर्षका उमेर समुहलाइ ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप दिइएको छ । ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन् भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लिएका छन् ।
आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ खोपको पहिलो खुराक दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतको संचयी कोभिड
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्