भारतमा लगाइयो ३० करोड बढी जनतालाई खोप
एजेन्सी । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतको संचयी कोभिड १९ खोप कभरेज ३० करोड नाघेको बताएको छ । अहिलेसम्म खोप लगाउनेको संख्या ३० करोड ९ लाख ६९ हजार ५ सय ३८ पुगेको छ । CO-WIN ले जनाएको अनुसार कोभिड १९ खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३.२६ लाख जनालाइ खोपहरू दिईएको छ ।
बुधबारको दिन १८-४४ बर्षका उमेर समुहलाइ ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप दिइएको छ । ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन् भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लिएका छन् ।
आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ खोपको पहिलो खुराक दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतको संचयी कोभिड
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्