भारतको जम्मु काश्मीरमा सेनाद्धारा कोरोनाबिरुद्ध खोप अभियान

एजेन्सी। भारतको जम्मु काश्मीरमा सेनाले कोभिड १९ बिरुद्ध खोपबारे घरदैलो अभियान सञ्चालन गरिरहेको छ । भारतमा कोरोना भाइरसको माहामारी जारी रहेको बेला जम्मु काश्मीरमा कोभिड १९ बिरुद्ध खोप अभियानमा सेना सक्रिय भएको हो । जम्मु काश्मीरको ग्रामिण क्षेत्रहरुमा खोप लगाउन सेनाले घरदैलो कार्यक्रम गरिरहेको छ ।
खोप लगाउने अभियानमा नियन्त्रण रेखा सीमा क्षेत्रको अन्तिम बस्ति केरानी गाउँमा सेना र स्वास्थ्यकर्मीको समुह पुगेका छन् । भारतीय सेनाले जम्मु काश्मीरस्थित दुर्गम क्षेत्रहरुमा खोप लगाउने अभियानमा केन्द्र शासित प्रशासनसँग सहकार्य गरेको हो । केरानी गाउँका सबै मानिसहरुले खोपको पहिलो डोज लगाएको सैन्य डाक्टर क्याप्टेन सदिक अर्मनले जानकारी दिए ।
दुर्गम टाढा क्षेत्रका मानिसहरु खोप लगाउन केन्द्र शहरहरुमा आउन नसक्ने अबस्थालाई मध्यनजर गर्दै त्यस्ता क्षेत्रमा घरदैलो कार्यक्रम गरेको उनले बताए । सेनाले कोभिड १९ बिरुद्ध सुरक्षा मापदण्ड तथा खोपबारे जनचेतना अभियान पनि चलाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #खोपबारे घरदैलो अभियान, #जम्मु काश्मीर
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्