पक्राउ परे ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा, कुटपिट, अभद्र व्यवहार गरेको आरोप
काठमाडौं । आफूलाई अभियान्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीन जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।
प्रहरीले आइतबार खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीन जनालाई हिरासतमा लिएको हो । अभियान्ता बताउदै ठाउँ ठाउँमा मानिसहरुलाई दुब्र्यहार समेत गर्ने गरेको गुनासो प्रहरीमा परेको छ । उनीहरु युटुबरपछि लगाउदै ब्यक्तीगत कोठा तथा घरमा समेत गएर धम्की दिदै आएका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #ज्वाला संग्रौला, #हिमाल उपाध्याय र शर्मिला वाइवा
ताजा खबर
- १रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- २सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने
- ३ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै
- ४सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
- ५कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ



तपाईको कमेन्ट लेख्नुहोस्