कम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई उच्च सम्मान प्रदान
एजेन्सी । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी) का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान प्रदान गरेको छ। संयुक्त राष्ट्रसंघको आइएफडी कार्यक्रमको निर्देशकका रुपमा कम्बोडियामा कार्यरत कौशिक बरुवालाई कम्बोडियाको शाहमेत्रेइ राजकीय आदेश अन्तर्गत राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
संयुक्त राष्ट्रसंघले बिकाशोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा गरिबी तथा भोकमरी निवारण र कृषी क्षेत्रमा प्रोत्साहनका लागि आइएफएडी कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्बोडियाका ग्रामीण क्षेत्रमा गरिबी निवारण, ग्रामिण विकास तथा कृषी विकासमा गरेको योगदानलाई सम्मान गर्दै भारतीय नागरिक बरुवालाई राष्ट्रिय सम्मान दिएको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #आइएफडी, #भारतीय नागरिक कौशिक बरुवा
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्