निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो काठमाडौं उपत्यकामा भिडभाड
काठमाडौं । कोरोना संक्रमण बढ्दै जादा रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको थियो । त्यसपछि काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा भयो । कोरोना संक्रमित थपिदैं जाँदा स्थानीय प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउँदै गए । अहिले देशका ७५ वटै जिल्लामा निषेधाज्ञा गरिएको छ । मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन ।
केही दिनयता कोरोना संक्रमित थपिने दरमा केही कमी आएपनि उल्लेख्य सुधार भने भएको छैन । तर, जनजिवन बिस्तारै सहज बनाउन भन्दै १ गतेबाट निषेघाज्ञा केही खुकुलो बनाइएको छ । जसका कारण सवारी साधनको चाप बढ्न थालेको छ । उपत्यकाका सडकमा निजी सवारी साधनको संख्या पनि बढेको देखिन्छ । निषेधाज्ञा अघिल्लो पटकभन्दा केही खुकुलो बनाइएको छ । यसकै मौका छोपी काठमाडौं उपत्यकाका सडकमा नागरिकको चलह–पहल पनि बढेको छ ।
मंगलबारदेखि होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ । तरकारी तथा खाद्यान्न पसल खुल्ने समय पनि बिहान ११ बजेसम्मका लागि बढाइएको छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसल, किराना पसल, खोल्न पाइने भएपछि नागरिकको चहलपहल बढेको हो । सरकारले नयाँ शैक्षिक सत्रको भर्ना समेत खुला गरेकोले पनि नागरिक चहल पहलसहित सवारी साधनको चाप बढेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने तथा भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय पनि भएको छ । डेढ महिनादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाइएपछि सर्वसाधारणले पनि केही राहात महसुस गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमण, #निषेधाज्ञा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्