पाकिस्तानमा बेपत्ताको खोजी र छानविन गर्न परिवारको माग
एजेन्सी, काठमाडौं । पाकिस्तानको पेशावर शहरमा बेपत्ता पारिएकाहरुको सकुशल घर फिर्ता गर्न आफन्तले माग गरेका छन् । पेशावर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै बेपत्ताका आफन्त तथा परिवारहरुले उनीहरुको विनासर्त सकुशल फिर्ता गर्न र निष्पक्ष छानबीनका लागि अदालतमा उपस्थित गराउन माग गरेका छन् ।
सन् २००९–२०१० मा बेपत्ता पारिएकाको खोजी र छानबीनका लागि परिवारले सरकारलाई माग गरेका हुन् । बेपत्ताको छानबीनका लागि सबै सम्बन्धित निकायमा आग्रह गरेको तर कुनै जवाफ नआएको परिवारले गुनासो गरेका छन् । अदालतले २ सय ७० जना बेपत्ताको रिहाइको फैसला गरेपनि अधिकांस अझै रिहा नभएको बताइएको छ। बेपत्ता भएकाहरु बबिद्यलाय पढ्ने बालकहरु समेत रहेको र एकै परिवारको आठ जना सम्म पनि बेपत्ता पारिएको पाकिस्तानी संचार संस्थानहरुले जनाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्तान, #बेपत्ताको खोजी
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्