पाकिस्तानमा बेपत्ताको खोजी र छानविन गर्न परिवारको माग
एजेन्सी, काठमाडौं । पाकिस्तानको पेशावर शहरमा बेपत्ता पारिएकाहरुको सकुशल घर फिर्ता गर्न आफन्तले माग गरेका छन् । पेशावर प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै बेपत्ताका आफन्त तथा परिवारहरुले उनीहरुको विनासर्त सकुशल फिर्ता गर्न र निष्पक्ष छानबीनका लागि अदालतमा उपस्थित गराउन माग गरेका छन् ।
सन् २००९–२०१० मा बेपत्ता पारिएकाको खोजी र छानबीनका लागि परिवारले सरकारलाई माग गरेका हुन् । बेपत्ताको छानबीनका लागि सबै सम्बन्धित निकायमा आग्रह गरेको तर कुनै जवाफ नआएको परिवारले गुनासो गरेका छन् । अदालतले २ सय ७० जना बेपत्ताको रिहाइको फैसला गरेपनि अधिकांस अझै रिहा नभएको बताइएको छ। बेपत्ता भएकाहरु बबिद्यलाय पढ्ने बालकहरु समेत रहेको र एकै परिवारको आठ जना सम्म पनि बेपत्ता पारिएको पाकिस्तानी संचार संस्थानहरुले जनाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्तान, #बेपत्ताको खोजी
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्