एकसातापछि एलओसीका विषयमा भारतीय सेनामा उच्चस्तरीय छलफल
काठमाडौं, एजेन्सी । पूर्वी लदाख को विपरित तर्फ एलओसीको भारतीय तर्फ नै चीनका सेनाहरुको बढ्दो गतिविधी अहिले भारतीय पक्षका लागि चुनौति भएको छ । यहि बिषयलाई लिएर भारतीय सेनाको उच्चस्तरीय नेतृत्वसंग एकसातापछि छलफल हुने भएको छ । यस छलफलमा भारतीय सेनाको कार्यगत तयारी र कुनैपनि बेला जवाफी कारवाही गर्न सक्ने तत्परताका विषयमा छलफल गरिने बताइएको छ । यस मिटिंगलाई कमाण्डर इन चिफ दर्जाका अफिसियलहरुले प्रतिनिधित्व गर्ने भनी एसिएन न्यूज एजेन्सी एएनआईलाई श्रोतले बताएको भनीएको छ ।
जुन १६ तारिख वाट २ दिनसम्म हुने यस मिटिंगमा एलओसीका साथै अन्य सुरक्षागत मुद्धाहरुमा समेत छलफल गरिने बताइएको छ । भारतीय सेनाका मुख्य मनोज मुकुन्द नरवानेले एलओसी विषयमा भारतीय सेनाको तयारीलाई अत्यन्त नजिकवाट हेरेको र सेना प्रमुख स्वंले ८ पटक एलओसी सेक्टर सेभेनको भ्रमण गरेर परिस्थितीको मुल्याकंन गरिसकेको बताइएको छ । गत बर्ष नै भारतीय सेना चिनियाँ सेनाले आफ्नो परम्परागत तालिम केन्दमा ठूलो स्तरको सैन्य अभ्यास गरिरहेको छ।
भारतीय पक्ष चिनियाँ पक्षसंग यथाशक्य छिटो संवादका माध्यमले समाधान गर्ने कुरामा आशावादी रहेको बताइएको छ । गतवर्ष चिनियाँ पक्षले भारतीय सिमातर्फ भारी मात्रामा आक्रामक सैन्य गतिविधी प्रदर्शन गरेपछि दुबै देशको सिमामा सैन्य उपस्थिती बढेको हो । हुन त सैन्य एवं कुटनैतिक पहलका कारणले पानगोगं तालको क्षेत्रवाट चिनिँया सेना हटेको त थियो यद्धपी अझै भारतचीन सिमाका धेरै स्थानहरुमा चिनिँया सेनाहरुको उपस्थिती आक्रामक नै रहेको बताइएको छ । यसक्रममा भारतीय पक्षले प्रतिउत्तरमा भारी हातहतियारका साथमा आफ्ना ५० हजार सेनालाई सिमामा चिनिँया आक्रामक प्रवृतिको जाँचका लागि खटाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #एलओसी, #पूर्वी लदाख
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्