जी–सेभेन राष्ट्रका नेताहरुको गरिब तथा विपन्न देशमाथि सहयोग गर्ने प्रतिबद्धता
काठमाडौंं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी–सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–सेभेनले पास गरेको हो । जी–सेभेन समिटका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनु भएको छ ।
अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ । जी–सेभेनले यो अभियान मार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको निष्कर्ष समेत निकालेको छ । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरु चीनको सक्रियता कम गर्नेगरि अग्रसर हुन थालेसँगै अब विश्वभर नै चीन र बाँकी राष्ट्रहरुको दुईधार देखापर्ने आँकलन गर्न थालिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #गरिब तथा विपन्न देश, #जी–सेभेन राष्ट्र
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्