कोरोना कहरः चार जिल्लामा आइतबारदेखि र ६१ जिल्लामा सोमबारदेखि निषेधाज्ञा सकिँदै
काठमाडौं । देशभर कोरोना संक्रमण रोक्न गरिएका निषेधाज्ञा क्रमश खुकुलो बनाउने तयारी थालिएको छ । डेढ महिनादेखि गरिएको निषेधाज्ञा ६१ जिल्लामा भोलिदेखि र चार जिल्लामा आजदेखि निषेधाज्ञा सकिन लागेको छ । तर, केही खुकुलो बनाउदै यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् ।
सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ ।
कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा हटाइको छ । पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको छ । यी जिल्लामा पनि क्रमश निषेधाज्ञा खुकुलो बनाउदै थप्ने तयारी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा, #निषेधाज्ञा क्रमश खुकुलो
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्