नरोत्तम बैद्यले माफी माग्दै भने गलत बोलिएछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । उनले शुक्रवारको बागमती प्रदेश सभाको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका हुन ।
शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा चर्को बिरोध भएपछि आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बैद्यले जानकारी दिए । लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरे ।
वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गरेका छन् । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन् । उनले प्रधानमन्त्रीप्रति आपत्तीजनक शब्द बोलेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नरोत्तम वैद्य, #बागमती प्रदेश सभा
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्