अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानको प्रयास असफल
काठमाडौं,एजेन्सी । अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न पाकिस्तानले गरेको प्रयास सफल हुन सकेको छैन । पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै उक्त प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकी प्रशासनले खासै महत्व नदिएको बताइएको छ ।
पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो। राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्याउने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्।
नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको बताएका हुन ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकासंग सम्बन्ध पुनर्जीवित
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्