बाख्रा खरिदमा झारा टार्ने काम, किसानहरुको बिरोध, फिर्ता पठाइयो रुकुम पुरयाइएका बाख्रा
रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले टेन्टर मार्फत खरिद गरेका बाख्रा फिर्ता पठाइएको छ । तर, हेर्दै नहेरी नेपालगञ्जबाट रुकुमसम्म बाख्रा किन पुर्याइयो भन्ने प्रश्न उब्जिएको छ । केयर नेपाल प्रालि नेपालगञ्ज, बाँकेले टेन्डर प्रक्रिया मार्फत १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा उपलब्ध गराउने सम्झौता गरेको थियो । पहिलो चरणमा ५६ वटा बाख्रा रुकुमपश्चिम आएको भएपनि नगरपालिकामा बितरण गर्ने भनिएका किसानहरुले लिन नमानेपछि २६ वटा बाख्रा फिर्ता पठाइएको बताइएको छ ।
३० वटा बाख्रा मात्र कृषकलाई बितरण गरिएको छ ।नगरपालिकामा रहेका ५ वटा समुहका ५० जना कृषकलाई प्रति कृषक ३ वटाका दरले बाख्रा बितरण गरिने नगरपालिकाले जनाएको छ । मापदण्ड बिपरित बाख्रा पुर्याउने सोही केयर नेपाल प्रालि नेपालगञ्ज, बाँकेलाई थप बाख्रा तत्काल उपलब्ध गराउन ताकेता नगरपालिकाले गरेपछि चौतर्फी बिरोध भएको छ । किसानहरूलाई वितरणका लागि ल्याइएका बाख्रा पाल्न लायक नै देखिदैनन् । फेरि उही कम्पनीलाई बाख्रा ल्याउन लगाइएको छ ।
बाख्राहरु रोगी बिरामी जस्ता, दुब्ला र पाल्न लायक नभएपछि किसानले विरोध गरेका थिए । संघीय सरकार र नगरपालिकाको साझेदारीमा बाख्रा खरिद गरिएको थियो । आर्थिक बर्ष २०७७/०७८ का लागि बिनियोजित संघीय सरकारको १० लाख तथा नगरपालिकाको १० लाख बजेट र कृषकहरुको २ लाख ५० हजार गरि २२ लाख ५० हजार मध्ये १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा खरिद गरि बितरण गर्ने कार्यक्रम रहेको थियो । बाँकी ४ लाख ८ हजार बजेटबाट भने बाख्रालाई चाहिने घाँसको बिउँ र दाना लगायत अन्य सामाग्री बितरण गरिने जनाइएको छ । नगरपालिकामा पुरयाइएका बाख्राका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- २काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव
- ३अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ
- ४ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- ५निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप





तपाईको कमेन्ट लेख्नुहोस्