चीनबाट ल्याएको भेरोसिल खोप लगाउन सर्वसाधारणको घुँइचो
काठमाडौं । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप आजदेखि लगाउन सुरु गरिएको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि बेलुका ३ बजे सम्म काठमाडौै महानगरका ३२ वटै वडमा केन्द्र बनाई खोप अभियान सञ्चालन भैरहेको छ । खोप अभियानमा उक्त उमेर समुहको मानिसको निकै उत्साहाजनक उपस्थित देखिएको छ । यो अभियान ५ दिनसम्म चल्ने छ ।
उपत्यकामा ६० बर्ष देखि ६४ वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । निकै लामो समयदेखि खोपको प्रतिक्षामा रहेका नागरिक खोप लगाउन पाउँदा खुशी भएका छन् । काठमाडौ उपत्यका बाहिर भने ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकले खोप पाउने छन् ।
सरकारले कोभिड विरुद्धको खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #खोप लगाउने, #भेरोसेल खोप
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्