एमालेको अस्तित्व समाप्त पार्न केपी ओली लागेको माधव नेपालको गम्भिर आरोप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजीमको सरकार गठनको आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएको भन्दै नेकपा एमालेले तत्कालिन प्रतिनीधि सभा सांसद समेत रहेका पार्टीका वरिष्ठ नेता एंवम पुर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधव नेपाल सहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर पार्टीले सोधेको स्पष्टीकरणको जवाफ कुनै पनि सांसदले पठाएनन् । बरु संसद पुर्नस्थापना र विपक्षी गठबन्धनका उमेदवार देउवालाई प्रधानमन्त्रीनियुक्तगर्न मागगर्दै गठबन्धनले सर्वोच्च अदालतमा सांसदहरुको हस्ताक्षर सहित मुद्धा दिने प्रकृयामा एमालेको खनाल नेपाल समुहको पनि संलग्नता रहेको थियो ।
तत्पश्चात नेकपा एमालेले विघटीत प्रतिनिधि सभा सदस्य वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल सहित नेताहरु भिम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिलाखातुन, निरा देवी जैरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टी काट निष्कासीत गरेको छ । पार्टीको कारवाहीमा परेपछि खनाल नेपाल समुहका नेताहरु पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली संग झनै चिढिएका छन् । वरिष्ठ नेता माधव नेपालले एक अपिल जारी गर्दै औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् ।
नेता नेपालले अध्यक्ष केपी ओलीले नेपाली जनता, निष्ठावान नेताकार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको भन्दै उनीविरुद्ध प्रतिरोधमाउत्रन समेत आह्वाान गरेका छन । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतातर्फ उन्मुखभएको बताँउदै नेता नेपालले संविधान र लोकतन्त्रको रक्षागर्न राजनीतिकतथा सडक आन्दोलनबाट प्रतिगामीओली सरकारलाई बढार्दै मुलुकमाकानूनको राज स्थापनागर्ने दायित्वआइपरेको पनिसमेत उल्लेख गरेका छन् ।
सोमबार सर्वोच्च अदालतमाविपक्षी गठबन्धनले दायर गरेको रिटमा हस्ताक्षर गर्ने विघटीत प्रतिनिधि सभा सदस्य समेत रहेका नेताहरु विरोध खतिवडा, जीवनरामश्रेष्ठ, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ्, यज्ञराज सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी,दीपकप्रकाश भट्ट र नारायण खतिवडा लाई पनि नेकपाएमालेले स्पष्टीकरण सोधेको छ ।
खनाल नेपाल समुहकायी नेताहरुलाई पार्टीको अनुशासन उल्लंघन गरेको र आधिकारीक उमेदवारलाई धोका दिएको आरोप लागेको छ । तर स्पष्टीकरण सोधीएका नेताहरु आफुले कुनै अनुचितकार्य नगरेको भएपनिअध्यक्षओलीले एमालेलाई विभाजीत गर्न स्पष्टीकरण सोधेर कारवाहीगर्ने गरेको बताउछन् ।
पार्टीमाअन्र्तद्धन्द चुलिदै जादा्माधव नेपाल निकट जीवन राईको नेतृत्वमा नेकपा एकिकृत दर्ता भएको छ भने झलनाथखनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागी निवेदन दिएका छन् । त्यस्तै नेकपा समाजवादी दर्ताको लागी पनि निर्वाचन आयोगमा निवेदन परेको छ । ३ दशक अघि नेकपा माले र कम्युनिष्ट पार्टी मिलेर गठन भएको एमालेमा यतिबेला २०५४ सालमा भएको जस्तै ठुलो विभाजन हुने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #विपक्षी गठबन्धन
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्