प्रधानमन्त्री ओलीको आक्रोश,राष्ट्रपतिलाई तिमी भन्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ भनेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भनेर सम्बोधन गरिएकोमा ओलीले कार्यक्रममै आक्रोश पोखेका हुन् । शनिबार बुद्धिवहादुर रायमाझीको ‘१६ वर्षे जेलजीवन’बारे लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले भने, ‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखियो ।
ओलीले थपे देउवाको यही कदमबाट गणतन्त्रलाई खुइल्याउने षड्यन्त्र पुगेको पुष्टि हुने दाबी गरेका छन्। देउवाले राष्ट्रपति भण्डारीले आफूले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधिसभा विघटन गरिदिएको भन्दै शनिबार विज्ञप्ति जारी गरेका थिए। सोही बिज्ञप्तीलाई लिएर ओलीले आक्रोश पोखेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्