अस्पताललाई दिइएको अक्सिजनको कोटा स्थगित,मन्त्रालयले लियो जिम्मेवारी
काठमाडौं । कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गर्दै यसअघिको निर्णय फिर्ता लिएको छ । मन्त्रालयले अक्सिजन उद्योगहरुलाई पत्र पठाउँदै अस्पतालहरुमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ।
अर्को व्यवस्था नभएसम्मका लागि साविककै अनुसार अस्पताललाई अक्सिजन उपलब्ध गराउन मन्त्रालयले पत्रचार गरेको हो। साथै आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनसँग सहकार्य र सरोकारवालसँग समन्वय गर्न अनुरोध गरेको छ।
यसअघि सीसीएमसीले कोटा निर्धारण गरेर वितरण गर्न सुरु गरेको थियो। त्यसो गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव झन चर्कोरुपमा बढ्दै गएको थियो। यस्तो अवस्था आएपछि मन्त्रालयले पुनः साबिक बमोजिम नै अक्सिजन उपलब्ध गराउन भनेको हो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अक्सिजनको अभाव
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्