थपिए ८ हजार ८ सय ५० संक्रमित,५२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७जना र ५सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी देशभर ८ हजार ८ सय ५० नयाँ संक्रमित थपिएका छन ।
संक्रमितमध्ये काठमाडोै उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौँमा ३ हजार १ सय ६१ जना, भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जनामा संक्रमण देखिएको हो । नेपालमा यो सहित कोरोना संक्रमितको संख्या पुगेको छ । आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४ सय ३० जनाहोम आइसोलेसनमा र ६ हजार ७ सय ३० जना संस्थागतआइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी ८८ जना संक्रमितको निधन भएको तर सरकारी तथ्यांकमा समावेश नभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार जनाले कोरोनालाई जितेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्