थपिए ८ हजार ८ सय ५० संक्रमित,५२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७जना र ५सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी देशभर ८ हजार ८ सय ५० नयाँ संक्रमित थपिएका छन ।
संक्रमितमध्ये काठमाडोै उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौँमा ३ हजार १ सय ६१ जना, भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जनामा संक्रमण देखिएको हो । नेपालमा यो सहित कोरोना संक्रमितको संख्या पुगेको छ । आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४ सय ३० जनाहोम आइसोलेसनमा र ६ हजार ७ सय ३० जना संस्थागतआइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी ८८ जना संक्रमितको निधन भएको तर सरकारी तथ्यांकमा समावेश नभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार जनाले कोरोनालाई जितेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्