थप ६ जिल्लामा निषेधाज्ञा लगाएसँगै ४८ जिल्ला ठप्प
काठमाडौं । बुधबारदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको हो । बाजुरामा बिहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । त्यस्तै रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरू भएको छ । महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ ।
म्याग्दी, मुगु र तनहुँमा मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएकाजिल्लाको संख्या ४८ पुगेको छ । गृह मन्त्रालयकाअनुसार सिराहा, बारा र बाग्लुङमा बिहीबार बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।
निषेधाज्ञा लगाउँदा समेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामाथप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ ।
कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्