तीन जिल्लाका सिडिओले गरे अत्यावश्यक काम बाहेक अरु बन्द

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि बन्द गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।
कुन कुन काम भए बन्द
सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् ।
कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने भएपछि बैशाख २० गतेसम्म सबै सेवा स्थगित गरेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनबाट स्थगित भएका नागरिकता वितरण,प्रतिलिपि,नबालक परिचयपत्र,राहदानी वितरण तथा सिफारिस,हातहतियार दर्ता नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता लगायतका काम छन् ।अत्यावश्यक सेवाअन्तर्गत शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसमात्र जिल्ला प्रशासनबाट प्रवाह हुनेछन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जिल्ला प्रशासन कार्यालय
तपाईको कमेन्ट लेख्नुहोस्