नेपाल राष्ट्र बैंकको आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।
सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी अशोज १२ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्