दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आज काठमाडौै उपत्यकावासीको घर–घरमा मेलम्चीको पानी आउँदै
काठमाडौं । दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ । मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडकै वितरण प्रणालीमार्फत सबै धारामा पानी पु¥याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।
आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । दिउँसो २ बजेसम्ममा पानी धारामा झर्ने जनाइएको छ । अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि सुन्धारामा सार्वजनिक धारो निर्माण भइरहेको छ । मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ । आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पु¥याउने गरी तयारी गरिरहेको बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- २चार वटा संसदीय समितिका सभापतिले लिए शपथ
- ३कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- ४सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ
- ५राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त



तपाईको कमेन्ट लेख्नुहोस्