एमाले अध्यक्ष ओलीको आह्वानमा आज संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष भने कार्यकर्ता भेलामा
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।
बैठकमा एमालेकै माधव खनाल पक्षको कार्यकर्ता भेला, संसदमा निर्वाह गर्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले नेपाल खनालको भेलामा जानेलाई कारवाही गर्ने प्रक्रिया पनि अघि बढाउनसक्ने जनाइएको छ । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला आज पनि जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हिजो सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै आज सकिन लागेको हो । आज नेता माधव नेपालको नौ पृष्ठ लामो प्रतिवेदनमाथि समूहगत छलफल गरी निर्णयमा पुग्ने नेताहरुले बताएका छन् । भेलाले पारित गरेको प्रतिवेदनका आधारमा आगामी मार्ग तय गरिने नेताहरुले बताएका छन् ।
नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका छन् । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलामा नेताहरुले एमालेको इतिहास, संगठन र विचारमा दाबीसमेत गरेका छन् । माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको छ । प्रधानमन्त्री एबंम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्