एमाले अध्यक्ष ओलीको आह्वानमा आज संसदीय दलको बैठक बस्दै, नेपाल पक्ष भने कार्यकर्ता भेलामा
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।
बैठकमा एमालेकै माधव खनाल पक्षको कार्यकर्ता भेला, संसदमा निर्वाह गर्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले नेपाल खनालको भेलामा जानेलाई कारवाही गर्ने प्रक्रिया पनि अघि बढाउनसक्ने जनाइएको छ । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला आज पनि जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हिजो सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै आज सकिन लागेको हो । आज नेता माधव नेपालको नौ पृष्ठ लामो प्रतिवेदनमाथि समूहगत छलफल गरी निर्णयमा पुग्ने नेताहरुले बताएका छन् । भेलाले पारित गरेको प्रतिवेदनका आधारमा आगामी मार्ग तय गरिने नेताहरुले बताएका छन् ।
नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका छन् । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलामा नेताहरुले एमालेको इतिहास, संगठन र विचारमा दाबीसमेत गरेका छन् । माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको छ । प्रधानमन्त्री एबंम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्