सपनाको अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने बिनय बस्नेत ५० हजार धरौँटीमा छुटे
काठमाडौं । बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएइर रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै सोही दिन धरौटी बुझाएर बस्नेत रिहा भएका हुन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत फागुन ४ मा बसपार्कबाट पक्राउ परेका थिए ।
सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइएको भएपनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएर अनुसन्धान थालेको थियो । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएपनि बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा मनमुटाब देखिएको थियो । बिनय र सपनाले काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #विनयजंग बस्नेत, #सपना रोका मगर
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्