ओलीको चेतावनी : अविश्वासको प्रस्ताव पास गरेर देखाउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर आफूलाई पदबाट हटाउन प्रचण्ड माधव नेपाल पक्षलाई फेरि चुनौती दिएका छन्। सोमबार उनी पक्षीय नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाएर देखाउन चुनौती दिएका हुन्।
सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओली नेतृत्वको सरकारको भविष्य र नयाँ सरकारका विभिन्न विकल्पबाट छलफल चलिरहँदा ओलीले आफू संसद र संसदीय दल दुवै स्थानमा प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे । हाल कायम रहेको नेकपाको २ सय २० सदस्यीय संसदीय दलमा ओली वा दाहाल–नेपाल पक्ष दुवै बहुमत पुर्याउने स्थिति नरहेको अवस्थामा उनले दुवै स्थानमा प्रतिस्पर्धा गर्ने चुनौती समेत दिए ।
ओलीले आफू विधि प्रक्रियामा विश्वास गर्ने भएकाले त्यसैअनुसार अघि बढ्न पनि दाहाल नेपाल पक्षलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले भने, ‘अविश्वास प्रस्ताव राखेर हटाउन सक्नुहुन्छ। हटाउनुहोस्, विधि प्रक्रियाबाट आउनुहोस्। कुस्ती खेलेर प्रधानमन्त्री जित्न सकिँदैन। कुस्ती खेल्यो भने दिनको दुई तीनपटक प्रधानमन्त्री फेरिन्छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्