डब्लुएचओको घोषणा नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने
काठमाडौं । नेपालले माघ महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो कुरा उल्लेख गरिएको छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।
नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपण छ । नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।
राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत १ करोडलाई पुग्ने जनाइएको छ । नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् । बुधबारसम्म नेपालमा कोरोनाका २ लाख ७१ हजार ४ सय ३१ जना संक्रमित पुगेका छन् । मृतक संख्या २ हजार ३१ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्