दोस्रो चरणमा चाहिने कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सरकार
काठमाडौं । सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद प्रक्रिया सुरू गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया अघि बढाएको हो । यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको छ ।
नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३ सय रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य तोकेको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप सरकारले खोप खरिद पक्रिया अघि बढाएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जानकारी दिनुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वजेटसहित खोप खरिदको आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्