भारतीय प्रधानमन्त्री मोदीलाई नभेटि फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, भन्छन् भ्रमण सफल भयो
काठमाडौं । नेपालको राजनीति निक्कै तातिएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा निष्किए । उनको प्राथमिकता भनेकै सीमा र कोरोना बिरुद्धको खोपको थियो । तर, सीमाका बिषयमा प्रबेश नै पाएन भने खोप पनि कहिले आउने भन्ने केही टुंगो छैन् । परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणले के हिसाबले उपलब्धि भयो भन्ने चर्चा र विश्लेषण भइरहेको छ । विशेषगरी सिमा समस्या तथा दुवै देशले जारी गरेको नयाँ नक्साले सृर्जित तिक्तता अन्त्य गर्न यो भ्रमण कति सफल भयो भन्ने विश्लेषण तत्कालका लागि मात्र नभै दीर्घकालिन रुपमा पनि आवश्यक छ ।
भारतका लागि राजदूत भएर अनुभव लिइसकेका नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले अहिलेको समय परराष्ट्रमन्त्रीको भारत भ्रमणका लागि उचित नै नभएको दाबी गरिरहेका छन् । दुई देशबीचको सम्बन्ध र समस्याबारे तयार पारिएको इपिजी प्रतिवेदनका विषयमा गम्भीरताका साथ छलफल नै हुन नसक्ने अनि भ्रमणको उपलब्धी चाँही के भन्ने तर्क धेरैले गरिरहेका छन । अहिलेका राजदूत निलाम्बर आचार्यले भने परराष्ट्रमन्त्रीको भ्रमण निकै फलदायी भएको दावी गरिरहेका छन् । नेपाल भारत प्रबुद्ध समूहले २०१८ मा तयार पारेको प्रतिवेदन भारत सरकारले अझै बुझ्न मानेको छैन । ईपीजी प्रतिवेदनका केही बुँदामा असहमत जनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई बुझ्न नमानेको कतिपयको अनुमान छ । तर, इपिजीको समुहमा रहेका भारतर्फका सदस्य महेन्द्र पी लामाले यसपटकको भ्रमणपछि उक्त प्रतिवेदन भारत सरकारले स्वीकार गर्ने विश्वास लिएका छन् ।
यसपटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणललाई भारत दिएको उच्च प्राथमिकताले दुवै देशका सरकार सम्बन्ध सुधारमा प्रतिवद्ध छन् भन्ने देखाएको छ । त्यति मात्र नभै केपी ओली स्वयम् सरकारमा अल्पमतमा परेपछि संसद विघटन गरेको विषयलाई पनि भारतले स्वीकार गरेको देखिन्छ । संसद विघटनपछि काम चलाउ बनेको सरकारका मन्त्रीलाई भारतले आतिथ्यता गर्नुलाई पनि धेरैले सकारात्मक रुपमा लिएका छन् ।
तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री ज्ञवाली पनि भ्रमणलाई उपलब्धीको रुपमा हेरेका छन् । कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको दाबी ज्ञवालीको छ । उनले शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानकारी दिए । आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनले बताए । तर, ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिनु र सीमा विवादबारे समेत भारतीय पक्षले छलफल गर्न नमान्नुले भ्रमण औपचारिकतामा मात्रै सिमित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ईपीजी प्रतिवेदन, #परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्