आखिर सूर्य चुनाव चिन्ह कसको ? नेकपा ओली या प्रचण्ड माधवको
काठमाडौं । संसद बिघटनसँगै नेकपाभित्र दुई पक्ष वारपारको लडाईमा छन् । अहिलेको मूख्य लडाई कुन समुह आधिकारिक हो भन्नेमा छ । दुवै समुहले चुनाव चिन्ह सुर्यका लागि पनि कसरत गरिरहेका छन् । तर, यस विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मेवारी पाएको निर्वाचन आयोगले भने कुनै निर्णय गरिसकेको छैन । नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रुपमै विभाजित भएपछि पार्टीको बहुमत र अल्पमत दुवै पक्ष आफ्नो शक्ति सुदृढ गर्नतिर जुटेका छन् ।
प्रधानमन्त्री केपी ओली समूह र दाहाल नेपाल समूहले नेकपाका पार्टी कार्यालयहरु र सम्पतीहरु आ–आफ्नो भएको दाबी गरीरहेका छन् भने दुबै पक्षले नेकपाको चुनाब चिन्ह सूर्य आफ्नो भएको दलील पेश गरीरहेका छन् । पुष ५ गते भएको संसद बिघटन पछि नै नेकपा कानुनी लडाइँमा प्रवेश गरेको हो । दुवै पक्षले राजनीतिक–सांगठनिक विभाजन पूरा गरेर निर्वाचन आयोगसमक्ष आफ्नो दल वैधानिक भएको दाबी गरीरहेका छन् । नेकपाको आन्तरिक राजनीति अहिले कानुनी वैधताको लडाइँ र देशव्यापी शक्ति प्रदर्शनको होडबाजीका बिच अघि बढीरहेको छ ।
हुनत ओली तथा नेकपा प्रचण्ड–नेपाल समूहका शिर्ष नेताहरुले नै आफ्नो समूह आधिकारीक नेकपा भएकोले सूर्य चिन्ह र पार्टी कार्यालय तथा नेकपाको सम्पूर्ण सम्पती आफुहरुको भएको दाबी बारम्बार दोहोर्याई रहेका छन् । यसबिचमा निर्वाचन आयोगले सुधार सहितको प्रतिबेदन ७ दिनभित्र पेश गर्न दोस्रो पटक नेकपाका दुबै अध्यक्षलाई पत्र काटीसकेको छ भने दबुै पक्षले पत्रको जवाफ समेत दिईसकेका छन् । यसले पनि नेकपाभित्रको आधिकारीकताको बिवाद अहिले निर्वाचन आयोगमा पुगेको छ । चुनाव चिह्न सूर्य र दलको आधिकारिकता बारे आयोगले गरेको फैसला कुनै एक पक्षलाई चित्त नबुझे सर्वोच्च अदालतमा जान सक्ने अर्को विकल्प भने अझै खुला नै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आखिर सूर्य चुनाव चिन्ह कसको
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्