Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने, अर्को सुनुवाइ बुधबार


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। काननु व्यसायीहरुको विरोधपछि कार्कीले नबस्ने निर्णय गरेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। आज कानुन व्यवसायीहरु शम्भु थापा, मुक्ति प्रधान, दिनेश त्रिपाठी, कृष्णप्रसाद भण्डारीले बहस गरेका थिए। बहसका क्रममा उनीहरुले महान्यायाधिवक्ता भइसकेका व्यक्ति संवैधानिक इजलासमा बस्न उचित नहुने भन्दै न्यायाधीश कार्कीको विरोध गरेका थिए।

वरिष्ठ अधिवक्ता थापाले भनेका थिए, ‘जनताले के भन्छन्छन् मलाई बहस गर्न आपत्ति छैन। अरू बेन्च गठनमा पनि कुनै समस्या छैन। हिजो महान्याधिवक्ता अग्नि खरेलसितै तपाईंले बहस गर्नुभएको थियो। महान्यायाधिवक्ता पनि भइसक्नुभएको हो। यस्तो अवस्थामा तपाईं इजलासमा बस्न कति सान्दर्भिक हुन्छ ?’ अर्का वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले संसद् विघटनसम्बन्धी मुद्दा बृहत् इजलासमै सुनुवाइ हुनुपर्ने बताएका थिए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हिजो महान्यायाधिवक्ता भइसकेका व्यक्तिले इजलासमा आएर बहस गर्नु सान्दर्भिक नहुने बताएका थिए। उनले भनेका थिए, ‘अदालतले न्याय निरुपण गर्दा विश्वास दिन सक्नुपर्छ भन्ने मेरो मान्यता हो।’ त्रिपाठीको जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू प्रधानमन्त्रीकै कार्यकालमा प्रधानन्यायाधीश नियुक्ति भएकाले ‘मेरो विषयमा पनि लागू होला’ भनेका थिए। उनले भने, ‘तपाईहरूले प्रश्न उठाउनुभएको छ, निवेदन दिनुभएको छ, हामी त्यसको निकास दिन्छौं नि।’ थापाले प्रधानन्यायाधीश नियुक्ति गर्नु र महान्यायाधिवक्ता नियुक्ति गर्नु फरक विषय भएको बताएका थिए।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #न्यायाधीश हरिकृष्ण कार्की

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं