प्रचण्डलाई नेकपाको संसदीय दलको नेता बनाउने तयारी
काठमाडौं । संसद् विघटन भएसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयार गरिएको छ ।
माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकाले प्रचण्डलाई संसदीय दलको नेता बनाउन लागिएको हो । मंगलबार बसेको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीमा प्रचण्ड र नेपालको समान हैसियत हुनेगरी उनलाई अध्यक्ष बनाइएको थियो ।
यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो। दाहाल नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो। प्रचण्ड–नेपाल समूहसँग ९० जना सांसद छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्