प्रधानमन्त्री ओलीलाई हटाउदै नेपाल बने नेकपाको अध्यक्ष
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । नेकपाको आज बसेको स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरी सो पदमा नेकपाका बरीष्ठ नेता माधव कुमार नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आजै बसेको केन्द्रिय कमिटि सर्वसम्मत पारीत गर्दै माधव नेपाललाई अध्यक्ष चयन गरेको हो ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीलाई हटाईएपछि रिक्त रहेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।
बैठकले नेकपाको कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको श्रेष्ठले बताए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ जना सहभागी भएका उनले बताए । प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार साढे ११ बजे बोलाएको छ । अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको पनि उनले बताए । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रचण्ड–नेपाल समूह
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्