प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएर बाहिरिएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएपनि मन्त्रीहरुले छलफलमा कुनै धारणा राख्न नपाउँदै प्रधानमन्त्री बाहिरिएको बुझिएको छ ।
प्रधानमन्त्री निस्केपछि अहिले पनि मन्त्रीहरु आश्चर्यमा पर्दै बालुवाटारमै आपसमा छलफल गरिरहेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमै रहेका बेला संसद बिघटनको सिफारिस हुनुलाई अर्थपूर्ण रुपमा हेरेका छन् । मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न भन्दै प्रचण्ड बालुवाटार पुगेपनि प्रधानमन्त्रीले संबैधानिक परिसद सम्बन्धी अध्यादेश जस्तै गरि आफ्नो एकलौटी जोडबलमा मन्त्रिपरिषद्मा संसद बिघटनको प्रस्ताव गरेर बाहिरिएको बताइएको छ । संसद बिघटनबारेको प्रस्तावमा के उल्लेख छ र राष्ट्रपति समक्ष पुगे नपुगेको बारे औपचारिक धारणा सार्वजनिक भैसकेको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्