राष्ट्रिय झण्डा दिवसले दिने सन्देश
काठमाडौं । पछिल्लो समय राष्ट्रिय झण्डा जलाउने, च्यात्ने काम भइरहेकाले राष्ट्रिय झण्डाको उच्च सम्मान गर्न, बुधबार काठमाण्डौंको माइतिघर मण्डलामा सामाजिक अभियान्ताहरुले राष्ट्रिय झण्डा दिवस मनाएका छन् । नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै झण्डाको प्रयोगको कार्यविधि र आचार संहिता बनाउन पनि झण्डा दिवस मनाइएको अभियान्ताहरुको भनाई छ ।
बुधबार काठमाण्डौंको माइतिघर मण्डलामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावान नेपाल, राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा, मेरो पहिचान भन्ने नाराका साथ बुधबार तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय झण्डा दिवसका अवसरमा काठमाडौको माइतीघर मण्डलामा र्यालीको समेत आयोजना गरेका थियो ।
र्यालीमा उनीहरुले राष्ट्रियता भनेको झण्डा, भाषा, संस्कृति, पोशाक, र सम्पदाको संरक्षण हो भन्ने जस्ता प्ले कार्डहरु बोकका थिए । झण्डा दिवस कुनै पार्टी कुनै दलसँग नसमेटिई स्वतन्त्र अभियान्ताहरुले सुरुवात गरेको अभियान भएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका महासचिव श्याम बजगाईले बताएका छन् । विश्वमा नेपाललाई चिनाउने झण्डालाई नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले तीन वर्षअघिदेखि नेपालमा डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, समाचार
ट्याग : #धरोहर संरक्षण प्रतिष्ठान नेपाल, #राष्ट्रिय झण्डा
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्