नेपाल टेलिकमको पोस्टपेड फोनमा समस्या, फोन वान–वे हुँदा ग्राहक समस्यामा
काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएपछि ग्राहक समस्यामा परेका छन् । जसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएका छन् ।
करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएको गुनासो गरेका छन् । हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुँदा समस्या आएको टेलिकमले जनाएको छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #नेपाल टेलिकमको पोस्टपेड
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्