अझै सुचारु भएनन् हेलिकप्टर,दैनिक करोडबढी घाटा
काठमाडौं । लामो लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको हेलिकप्टर ब्यवसाय अझै सुचारु हुन सकेको छैन् । पर्यटकीय सिजन भएपनि कोरोनाका कारण पर्यटक नआउदा हेलिकप्टर ब्यवसाय अझै ठप्प छन् । जसका कारण हेलिकप्टर व्यवसायीले करोडौं घाटा ब्यहोरिरहेका छन् ।

नेपालमा हेलिकप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन ठप्प भएपछि अधिकांश हेलिकप्टरहरु थन्किएका छन् । लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गएपनि दुईवटा हेलिकप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा शुरु गर्न सकेका छैनन् ।

सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकप्टर काठमाडौं विमानस्थलमा थन्किएका छन् । पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म हेलिकप्टर उड्ने सम्भावना देख्दैनन् । अहिले पर्यटकीय सिजन हो । सामान्य अवस्थामा यो समयमा रोटर विङ्स र फिक्स्ड विङ्सबाट दैनिक करिव १२ करोड रुपैयाँको आम्दानी हुन्थ्यो ।
वायु सेवा संचालक संघका अनुसार १७ करोडको व्यापार घाटा भएको छ । सिजनमा दैनिक एउटा हेलिकप्टर पाँचवटा उडान भर्दै आएका थिए । विभिन्न कम्पनीले संचालन गरिरहेका कुल ३० वटा हेलिकप्टरले दैनिक कमाउने करिव तीन करोड रुपैयाँ कोभिड–१९ प्रभावका कारण शून्य रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउछन् । कोरोना भाइरसको संक्रमणका कारण झण्डै ८ महिना ठप्प रहेको आन्तरिक हवाई उडान सुचारु भएपनि यात्रु अभावका कारण दैनिक एक करोड बराबरको घाटा व्यहोरिरहेको ब्यवसायीको गुनासो छ ।
क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #विदेशी पर्यटक, #हेलिकप्टर ब्यवसाय
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्