यसरी बढ्यो विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाई, नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेसँगै सरगरमाथाको उचाई ०.८६ मिटर बढेको हो । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएका थिए । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
सगरमाथा उचाई घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने ऐतिहासिक काम भएको बताउनुभयो । उहाले अव जलवायु परिवर्तनबाट हिमाललाई जोगाउनका लागि प्रभावकारी रुपमा काम गर्ने बेला आएको धारणा व्यतm गरे । त्यस्तै भूमिसुधारमन्त्री पद्मा अर्यालले शिखर सगरमाथाको उचाइ नापेर नेपालको नापी क्षेत्रको क्षमता देखिएको बताइन । कार्यक्रममा सर्वोच्च शिखर सगरमाथाको उचाइ लिन महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेष्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सगरमाथाको उचाइ
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्