कोरोनाले चैतदेखि बन्द रहेको सवारी साधन अनुमति पत्र कहिले खुल्ने अझै अन्योल
काठमाडौं । देशमा कोरोना संक्रमण फैलिएसंगै संक्रमण रोक्न सरकारद्वारा लकडाउन गरिएको कारण लामो समय लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ । अझै कहिले खुल्ने भन्ने अन्योल नै छ । यस्तो अन्योल भएसंगै सेवाग्राहीहरुलाई ठुलो समस्या परेको छ । यता कोरोना संक्रमणको अवस्थामा सरकारको निर्णय गनैपर्ने भएपनि अन्य कार्यालय खुला गरी संञ्चालन गरिरहेको अवस्थामा ट्रायल सेन्टर बन्द हुदा लाखौ सेवाग्राही प्रभावित भएका छन् ।
हप्तामा २ हजारदेखि २५ सयको हाराहारिमा मानिसलाई ट्रायल गराउदै आएकोमा नेपाल सरकारले नै ट्रायल सेन्टर बन्द गराएपछी ठुलो घाटा भएको ब्यवसायीको गुनासो छ । त्यसो त अहिले सवारी अनुमती पत्रको लागी आवेदन दिनसक्ने सम्पुर्ण व्यवस्था प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको महातत् अन्तर्गत भएकोले सम्पुर्ण कार्य सोही मन्त्रालयले गर्ने गर्दछ । जसअनुरुप कहिले खुल्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने यातायात व्यावस्था बिभागका सुचना अधिकारी लोकनाथ भुसालको भनाई छ ।
भुसालका अनुसार प्रदेस सरकारले आफुहरु संग समन्वय गरी अघि बढेको खण्डमा सिस्टम सञ्चालन गर्ने बताएका छन् । तर अहिले सम्म प्रदेश सरकारले आफुहरु संग कुनै समन्वय नै नगरेको उनीको भनाई छ । चैत्र ११ गते बाट सरकारले देशमा लकडाउन गरे यता नै सवारी चालक अनुमतिपत्र लाईसेन्स आवेदन बन्द छ । यातायात व्यवस्था बिभागबाट लगभग बिगत २ बर्षदेखि स्मार्ट लाईसेन्स नपाएका १२ लाख सेवाग्राहिहरुको लाईसेन्स छपाईको काम सम्पन्न गरी बितरण गरेको बिभागले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ट्रायल, #सवारी साधन अनुमति पत्र
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्