प्रधानमन्त्री ओलीको धम्की म राजिनामा दिन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको ओलीको तर्क छ । बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । देशको अवस्थाका कारण पनि अहिले आफूले राजीनामा दिन नमिल्ने ओलीको भनाई छ ।
पार्टीभित्रैबाट आफूविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको सुचना पाएको भन्दै ओलीले त्यसले कही फरक नपर्ने बताए । पार्टीभित्रको जालझेल र तिक्डमबाट नभै जनताको आवश्यकता र व्यापक समर्थनबाट आफू प्रधानमन्त्री भएको ओलीले स्पष्ट पारे । त्यसैगरी केही तत्वले देशलाई अस्थिरतातिर धकेल्न खोजेको र त्यसमा भित्रबाहिरबाट चलखेल गरेर आफूलाई हटाउने खोजिएको ओलीको दावी थियो ।
पछिल्लो समय नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला ओलीले पद नछोड्ने धम्की दिएका हुन् । सरकारबारे धारणा राखे पनि उनले पार्टी फुट्न लागेको हल्लाबारे भने केही प्रतिक्रिया दिएनन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अविश्वासको प्रस्ताव, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्