कोरोनाका कारण दशै घर लगायत बिभिन्न दुर्गा मन्दिरमा बली प्रभावित
काठमाडौं । यस बर्षको हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँका अवसरमा दिइने बलि यो वर्ष कोरोनाको कारण प्रभावित भएको छ । देवी दुर्गालाई खुशी पार्नका लागि यो पर्वमा हिन्दु धर्मावलम्बीहरुले बली दिने प्रचलन छ । त्यसोत काठमाडौंको दशै घर लगायत बिभिन्न स्थानमा रहेको दुर्गा मन्दिरमा दिइने बलि प्रथाको बिगतदेखिनै पक्ष र विपक्षमा बहस चर्कने गथ्यो । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म यो पर्व मनाइन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरु देवी दुर्गालाई खुशी पार्नका लागि यो पर्वमा बलि दिने गर्दछन् । विशेषगरी सप्तमी, अष्टमी र नवमीका दिन शक्तिपीठहरुमा बलि दिने गरिन्छ । कसैले घरमै पनि खसी–बोकाको बलि दिने गर्दछन् ।‘भगवतीको नाममा बलि दिने प्रथा सदियौंदेखि चल्दै आएको हो, त्यसमा जनताको आस्था र गहिरो विश्वासका साथ मनोकांक्षा पुरा हुन्छ भनि बलि दिने चलन छ । तर, यस वर्ष दसैँको त्यो परम्परा र रीतिरिवाजलाई पनि कोरोनाले प्रभावित पारेको छ ।
देवी दुर्गाको नाममा दसैँघर र अन्य बिभिन्न स्थान साथै दुर्गा मन्दिरमा दिइने बलि यस पटक सरकारले औपचारिक रुपमै रोकेको छ । जंगबहादुर राणाको पालादेखि शुरु भएको दसैँघरमा दिइने बलि प्रथा कोरोनाको कहरकै कारण यसपटक रोकिएको हो । दसैँका अवसरमा तीन दिनसम्म १६२ बोका, त्यति नै संख्यामा राँगाको बलि दिने चलन थियो । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको कारण भिडभाडजन्य कार्यक्रममा रोक लगाइएको छ । सोही अनुसार बलि प्रथालाई रोकिएको हो ।
हुनत कतिपय बलिको बिरोध गर्दै आएकाहरुले खसीबोकाको साटो घिरौँला, कुभिण्डोलगायतलाई बलि दिने गरेका छन् । प्रत्येक दसैँको बेलामा विभिन्न संघ संस्थाले बलि प्रथा रोक्न माग गर्दै नआएका पनि होइन । तर भगवतीको नाममा बलि दिने प्रथा सदियौंदेखि चल्दै आएको कारण कतिपयले यसलाई निरन्तर्ता दिनैपर्ने भन्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #काठमाडौंको दशैं घर
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्