एकैदिन ३ हजार ६३७ जनामा कोरोना संक्रमण,कोरोना जित्नेको संख्या एक लाख नाघ्दा ८१२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ९ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्र बिहीबार १ हजार ५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।
अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५ सय ३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७ सय ५१जना छन्। बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८ सय २० पुगेको छ। २४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८ सय १२ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्