एनआरएनए एनसीसी क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा

क्यानाडा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको बार्षिक साधारण सभा डिसेम्बर १९ मा हुने भएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाको कार्यसमितिको बोर्ड बैठकले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको वार्षिक साधारण सभा आउदो १९ डिसेम्वरमा गर्ने निर्णय गरेको हो । यो पटकको सभा भर्चुअल हुने पनि निर्णय गरिएको छ।
साधारण सभा बढी ब्यबस्थित गर्न आवश्यकता अनुसारको तयारी गर्नको लागि उक्त सभामा भाग लिनको लागि आजिबन सदस्यहरु, सधारण सदस्यहरुले अनिबार्य रुपमा रजिस्ट्रेशन गर्नु पर्ने र रजिस्ट्रेशन निशुल्क हुने ब्यबस्था गर्ने प्रावधानको निर्णय भएको कुरा मिडिया संयोजक बद्रि तिमल्सिनाले जानकारी दिए । निशुल्क रजिस्ट्रेशन हुने सभाबारे थप जानकारी लगायतका अन्य सुचनाहरु छिट्टै नै प्रकाशित गरिने कुरा महासचिव भट्टराईले बताएका छन् । एनआरएनए एनसीसी क्यानाडाको बैठकमा गत बिज्ञ भेला र क्षेत्रीय बैठकबारे समिक्षा लगायतका अन्य बिषयमा पनि छलफल र निर्णय भएको थियो। बैठकले गत सेप्टेम्वर ४ देखि ६ सम्म सञ्चालित दोस्रो क्षेत्रीय विज्ञ भेला र एनआरएनएको क्षेत्रीय सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न भएको मूल्यांकन पनि गरेको छ ।
विज्ञ भेला एक गौरव गर्न लायक र ऐतिहासिक भएको निष्कर्ष बैठकले निकालेको महासचिव भट्टराईको दाबी छ । बैठकले आउँदो दुई हप्ताभित्र संस्थाको आजीवन सदस्यता खुलाउने निर्णय समेत गरेको छ। त्यसका लागि केही दिनमै रजिस्ट्रेशनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । साधारण सदस्यको रजिस्ट्रेशन भने केन्द्रले गरेको परिपत्रलाई आधार मानेर अहिले सुरु नगर्ने निर्णय भएको आजिबन तथा सर्बसाधारण सदस्यहरुलाई सुचित गरिनेछ ।
राष्ट्रिय समन्वय परिषद क्यानाडा गैरआवासीय नेपाली संघको अभियानमा अग्रपंतिमा साथमा साथ दिएर अगाडि बढेको क्यानडाका कार्यक्रमहरु तथा प्रस्तुतिहरुबाट सहजै छुट्टाउन सकिन्छ। नेपाली नागरिकताको निरंतान्ता, पैत्रिक सम्पत्ति माथिको हक तथा अधिकार, लाप्राक बस्ति, एन आर एन एन भबन, लाईब्रेरी प्रोजेक्ट, नेपाल ओपन विश्व बिद्यालय जस्ता महत्वपुर्ण मुद्धाहरुमा नेतृत्व गरेको राष्ट्रिय समन्वय परिषद क्यानाडाले क्यानडामा रहेका करिब ४५ ओटा नेपालि समुदायका संघ सस्थाहरु, राजदुताबास, अबैतानिका महाबाणिज्य दुतको कार्यालयहरु र क्यानडियन संघ सस्था तथा राजनेताहरुसंग सहकार्य गर्दै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #क्यानाडा, #गैरआवासीय नेपाली संघ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्