मन्त्रिमण्डल पुर्नगठनमा तीन मन्त्री नयाँ नियुक्त,रक्षामन्त्रीबाट पोखरेल हटाइए
काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुर्नगठन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीमण्डल नियुक्ति,हेरफेर र कार्यविभाजन गरेकी हुन् । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ । त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ । यी तीनै जना प्रधानमन्त्री ओलीको यो कार्यकालका नयाँ मन्त्री हुन् ।

यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई भने सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । गुरुङ यसअघि मन्त्रीमण्डल पुर्नगठन हुँदा मन्त्री बनेका थिए । मन्त्रिपरिषद्को पुनर्गठनमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री इश्वर पोखरेलको मन्त्रालय भने खोसिएको छ । रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री ओलीले आफैँ लिएका छन् । अव रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री ओलीले नै सम्हाल्ने छन् । प्रधानमन्त्री ओली सरकारमा पोखरेल सुरुवातदेखि नै रक्षामन्त्री रहदै आएका थिए ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइएका पोखरेल स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादमा तानिएका थिए । पछि उच्चस्तरीय समिति समेत विघटन गरिएको थियो । मन्त्रिमण्डल हेरफेर तथा पुर्नगठनमा अन्य कुनै मन्त्रीलाई पनि हटाइएको छैन् । अन्य मन्त्रीको जिम्मेवारी यथावत राखिएको राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पोखरेल हटाइए, #मन्त्रिमण्डल पुर्नगठन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्