कोरोनाबाट रूपन्देहीका दुईसहित थप ६ जनाको मृत्यु
काठमाडौँ । रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीका दुई, बाँके, दाङ, चितवन र ललितपुरमा एकरएक जनाको मृत्यु भएको हो । बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १५ बजे मृत्यु भएको हो । रुपन्देहीकै शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको छ ।
असोज १९ गते कोरोना पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार थालिएकोमा शुक्रबार दिउँसो मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपराका ३८ वर्षीय पुरूषको पनि शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो ।
भेरी अस्पताल पुर्याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको हो । यस्तै दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको पनि उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजेतिर मृत्यु भएको हो । योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ललितपुरमा पनि एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ललितपुरकै गोदावरी ९, छम्पीका ४६ वर्षीय पुरूषको मेडिसिटी अस्पतालमा शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #मेडिकल कलेज
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्