संसदीय समितिले माग्यो, काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाको म्याद पुनः थप गर्नुको कारण
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाको म्याद पुनः थप गर्नुको कारण र आधारहरु स्पष्ट रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मुलुकको अर्थिक समृद्धि र आम नागरिकको आवश्यकतालाई ध्यानमा राखि आयोजनाको समयावधी एकैपटक पुनः ३ वर्ष थपिनुको कारण एवं आधारहरु स्पष्ट रुपमा समितिमा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले मुलुकको आर्थिक क्षमता श्रोत साधन लगायतका आयोजना निर्माणमा आइपर्ने विविध पक्षहरु आंकलन गरेर मात्र राष्ट्रिय गौरवका आयोजनाहरुको सुरुवात गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन । उनले १५ दिन भित्र समितिमा पेस गर्न समिति काठमाडौं तराई मधेस दु्रतमार्ग आयोजालाई निर्देशन दिएको बताइन ।
बैठकमा आयोजनाका बारेमा जानकारी गराउदै काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजना प्रमुख बिकास पोखरेलले आयोजनाको बिभिन्न पहुँचमार्गमा १२ वडा बेलिबृज जडान गर्ने योजना अनुसार ११ वटा प्राप्त भइसकेको र १ वटा प्राप्त हुन बाँकी रहेको बताए । त्यस्तै मुआब्जाको ८४ प्रतिशत काम सम्पन्न भइसकेको र १६ प्रतिशत काम हुन बाँकी रहेको उहाको भनाई छ । उहाले आगामी ०८०/८१ सम्म कार्य सम्पन्न गर्न ठेक्को वन्दोबस्त गरिने बताए । राष्ट्रिय कन्ट्राक्टरहरुबाट आगामी पुस भित्रै कार्यसम्पादन गराउने तयारी रहेको उनको भनाइ छ । बैठकमा सांसदहरुले काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजना निर्माणको कार्यमा ढिलाइ हुनुको कारणबारे जानकारी माग गरेका थिए । आयोजनाको बार्षिक भौतिक प्रगति पनि निकै शुस्त रहेको उनीहरुको भनाई छ ।
क्याटेगोरी :
अर्थ,
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार
ट्याग : #काठमाडौं–तराई–मधेस दु्रतमार्ग, #विकास तथा प्रविधि समिति
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्